व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्दै एशियन लाइफ इन्स्योरेन्स

व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्दै एशियन लाइफ इन्स्योरेन्स


बैंकिङ समाचार, काठमाडौ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । 

बैंकले जेठ १६ गतेसम्म कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण व्यतित भएका बीमालेखहरुमा ब्याज छुट प्रदान गर्ने भएको हो । 

कम्पनीले जेठ १७ गतेदेखि असार २५ गतेसम्म उक्त बीमालेखहरु पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट दिने जनाएको छ । जसमा २ वर्षदेखि ५ वर्ष भन्दा कम अवधिको लागि २५%, ५ वर्षदेखि १० वर्ष भन्दा कम अवधिको लागि ५०% र १० वर्षदेखि माथि अवधिको लागि १०० प्रतिशत, छुट प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै, २ वर्ष भन्दा कम परिपक्व अवधि बाँकी भएका अवस्थामा कुनै पनि ब्याज छुट प्रदान नगरिने र २०७८ असार २३ पश्चात् एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट नदिने कम्पनीले जनाएको छ ।