मिटरब्याज पीडितद्धारा न्याय माग्दा प्रहरी दमन गरेको भन्दै गृहमन्त्रीको राजीनामा माग

मिटरब्याज पीडितद्धारा न्याय माग्दा प्रहरी दमन गरेको भन्दै गृहमन्त्रीको राजीनामा माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
आफुहरुले न्याय माग्दा प्रहरी लगाएर दमन गरेको भन्दै मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित राजधानी काठमाडौंमा मंगलबार पनि विरोध प्रदर्शन गरेका छन् ।

सोमबार शान्तिवाटिकामा मिटर ब्याजीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका पीडितहरु माथि प्रहरीले लाठी प्रहार गर्दा घाईते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध चर्को नाराबाजी गर्दै माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन । आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुको गुनासो छ ।