यूनियन लाइफ इन्स्योरेन्सको बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई अनुरोध

यूनियन लाइफ इन्स्योरेन्सको बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीलाई अनुरोध


बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।

कम्पनीले गत माघ २६ गते सम्पन्न पाँचौ वार्षिक साधारणसभाबाट पारित ८ दशमलव ९७ प्रतिशत बोनस शेयरमा लाग्ने कर शेयरधनीलाई बुझाउन अनुरोध गरेको हो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत भइसकेको छ । 

साथै माघ १५ गतेसम्म कायम शेयरधनीहले सो बोनस शेयर पाउने तथा बोनस शेयरमा लाग्ने कर शेयरधनीहरू स्वयंले नै तिनुपर्ने भएकाले करबापतको रकम कम्पनीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०८९००८९९५४१००१२१ वालिङ शाखामा जम्मा गर्न आग्रह गरेको छ । साथै जम्मा गरेको भौचर कम्पनीको इमेल [email protected] मा पठाउनुपर्नेछ । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

माघ १५ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा सो बोनमा लाग्ने कर तिर्न तथा कर्जा लिएको सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा नो अवजेक्सन लेटर वा फुकुवापत्र पाएपछि मात्र सम्बन्धीत शेयरधनीको खातामा बोनश जम्मा हुने कम्पनीले जनाएको छ ।