प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राईम कमर्सियल बैंक लिमिटेडको १९ लाख १५ हजार कित्ता संस्थापक शेयर सोमवारदेखि सर्वसाधारणमा जारी भएको छ । कम्पनीले प्रतिकित्ता १३० रूपैयाँ तोकेर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उल्लेखित शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी वैशाख १३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्नेछ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गर्न लागिएको हो ।

बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । बोलपत्र आवेदन फारम १०० रूपैयाँ भुक्तानी गरी प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंबाट पाप्त गर्न सकिनेछ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख १४ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।