बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि २४ गतेसम्म निष्काशन तथा विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले विक्री गरेको १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामको सोही ऋणपत्र बाँडफाँड गरेको हो ।
छिटो अवधिभित्रै विक्री भएको उक्त ऋणपत्र कम्पनीले गत चैत ३० गते बाँडफाँट गरेको हो । प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।
सर्वसाधारणका लागि छुट्याएको ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरेको थियो ।
सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बाँडफाँड गरिएको जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
निश्चित व्याजदर र अवधि तोकेर जारी गरिएको यो ऋणपत्र खरीदकर्ताहरूका लागि तोकिएको ब्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया