नयाँ वर्षको अवसरमा बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% छुट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
विद्युतीय कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआर ले बिग मार्टसँग सहकार्य गरि नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । 
यस छुट आपÞmर अन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो–बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

साथै हरेक बुधवार र शनिवार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रु. १५० सम्म छुटको अफर पनि कायम नै रहेको जानकारी गराइएको छ ।