बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तिय संस्थालाई कारवाही गरेको छ । केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप अनुपात (सीडि रेसियो) तोकिएको सीमामा कायम नगरेको भन्दै आर्थिक जरिवाना गरेको छ ।
कारवाहीमा पर्ने विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । राष्ट्र बैंकका अनुसार कर्पोरट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सप्तकोशी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि रहेको छ ।
राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई २२ लाख ७७ हजार रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकलाई ३ लाख ३५ हजार, नारायणी डेभलपमेन्ट बैंकलाई ३ लाख ४ हजार रुपैयाँ जरिवाना गरेको हो । यसअघि पनि यी बैंकहरुलाई राष्ट्र बैंकले सीडी रेसियो सीमाभन्दा माथि लिएको भन्दै कारबाही गरेको थियो ।
२०७९/८० असोज मसान्तमा सप्तकोशी डेभलपमेन्टलाई ३० लाख ५९ हजार, कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले १७ लाख ९३ हजार, सिन्धु विकास बैंकलाई ६ लाख ८२ हजार र नारायणी डेभलपमेन्टलाई ५ लाख ८ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
त्यसैगरी चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले १ लाख ४९ हजार र जानकी फाइनान्सले ८० हजार ९ सय रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका छन ।
प्रतिक्रिया