फागुनको एक महिनामा १ खर्ब ४ अर्ब बढि रेमिट्यान्स भित्रियो

फागुनको एक महिनामा १ खर्ब ४ अर्ब बढि रेमिट्यान्स भित्रियो


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार फागुन महिना मात्र १ खर्ब ४ अर्ब माथिको रेमिट्यान्स भित्रिएको छ । 

आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले वुद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको छ ।