सिटिजन्स बैंक धारापानी शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण

सिटिजन्स बैंक धारापानी शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले मनकामना आधारभूत विद्यालय, नवलपुरमा विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको जनाएको छ ।

बैंकका अनुसार शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सीमान्तकृत विद्यार्थीहरूलाई आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम भएको बैंकले जनाएको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

बैंकले १८२ वटा शाखा,  १३९  वटा एटिएम, ३ विस्तारित काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।