एक्सेल डेभलपमेन्ट बैंकले यो वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने

एक्सेल डेभलपमेन्ट बैंकले यो वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एक्सेल डेभलपमेन्ट बैंकले यस वर्ष शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । बैंकले गत आवको मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको हो । कम्पनीको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

सोही अनुसार बैंकले आ.व.२०७८/७९ को वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गरेको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्ने छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बैंकले ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।