बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकले ग्लोबल मनी विक अन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आफ्ना शाखामार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेका हो । ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी प्लान्ट योर फ्युचर’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम अन्तर्गत स्कुल तथा कलेजमा आधुनिक बैंकिङ्ग, बचत, ऋण लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै आएको छ ।
अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका आफ्नो शाखा सञ्जाल र डिजिटल प्लेटफर्मबाट वित्तीय कारोवार, सोको सदुपयोगिता सम्बन्धमा आधारभुत ज्ञान प्रदान गर्दै नागरिक चेतना जगाई निरन्तर रुपमा बैंकले वित्तीय साक्षरता सम्बन्ध कार्यक्रम गरिरहेको छ । बैंकले सातै प्रदेश अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको हो ।
प्रतिक्रिया