नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मोरङ्गको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा मोरङ्गको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेश मोरङ्गको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । कोशी प्रदेश मोरङ्गको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै मेयर दिल प्रसाद राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यहाँका बासिन्दाहरुलाई सहज हुने बताए ।

बैंकका कोशी प्रदेश प्रमुखले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टर मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ ।

हाल बैंकले २९६ शाखा कार्यलय र ५१ वटा एक्सटेन्सन काउन्टर मार्फत विशिष्टकृत सुविधा दिदै आएको छ ।

\"\"