बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सकाे १३.२७ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ३६९ रुपैयाँ ४७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४१८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो ।
इन्स्योरेन्सले बैशाख ६ गते कम्पनी प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा बिहान १०ः३० बजे १३औं वार्षिक साधारण सभा बोलाएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आज अर्थात बिहीवार देखि दोस्रो बजारमा कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।
प्रतिक्रिया