एभरेष्ट बैंकको ७ लाख ४६ हजार कित्ता बढि उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

एभरेष्ट बैंकको ७ लाख ४६ हजार कित्ता बढि उर्जा ऋणपत्र नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी ८९’ सिम्बोलबाट सूचीकृत भएको हो ।

बैंकको अंकित मूल्य रू. १००० दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकको १० वर्षे अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकृत भएको हो ।

सूचीकृत भएपश्चात् उक्त ऋणपत्र भोलि बिहीवार देखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

\"\"