बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकका ग्राहकले काठमाडौं न्यूरोडस्थित एलिवेट लाउन्ज एण्ड क्लव प्रा.लिमा छुट पाउने भएका छन् । समझदारी पत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डबाहकले एलिवेट लाउन्जमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिईएको बैंकले उल्लेख गरेको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।
सिटिजन्स बैंकले देशभरका १८२ शाखा, १३९ एटीएम र ९७ शाखारहित बैंकिङ्ग इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया