बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
कम्पनीले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित दरका रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
सोमध्ये ६० प्रतिशत अर्थात रू. ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने छ भने बाँकी ४० प्रतिशत अर्थात् रू. ४० करोड बराबरको ४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको धितोपत्र निष्कासुन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिनुपर्नेछ ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । ऋणपत्रको ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकको भनाई छ ।
प्रतिक्रिया