हिमालयन बैंकको नारी बचत र विशेष तलबी खातामा प्रदान गरिने बिमा रकम १० लाख पुग्यो

हिमालयन बैंकको नारी बचत र विशेष तलबी खातामा प्रदान गरिने बिमा रकम १० लाख पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेड स्थापना कालदेखि नै आफ्ना ग्राहकवर्गहरुको सुबिधाका लागि सम–सामयिक विभिन्न प्रकारका वचत तथा नयाँ प्रविधियुक्त अन्य सेवा–सुबिधाहरु प्रदान गर्न हरदम अग्रसर रहेको छ ।

यसै क्रममा बैंकको विभिन्न वचत खाताहरु मध्ये नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम रु. ५ लाख बाट बृद्धि गरी रु. १० लाख सम्म पुर्याएको छ ।

नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ भने विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । 

बैंकले रु. १० लाख सम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको छ ।