बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज मिति २०७९/१२/१७ गते विहान १० बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडांैमा आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ को ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम रु. १ करोड ३५ लाख २२ हजार २१३ दशमलव ४० नगद लाभांंश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. २०७८÷७९ को वित्तीय विवरण पारित गरी १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साथै, सोही साधारणसभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
साधरणसभाबाट निर्वाचित संचालकहरु
१. उज्जवल सत्याल – संस्थापक समूह
२. सुशिल काजी बानियाँ – संस्थापक समूह
३. गंगा सागर ढकाल – सर्वसाधारण समूह
४. लिसा शेरचन – सर्वसाधारण समूह
५. सुजन सिद्धि बज्राचार्य – संस्थापक समूह
६. नरेश ढुंङगाना – सर्वसाधारण समूह
बैंकलाई मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
प्रतिक्रिया