सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, ३ लाख ५८ हजार बढिले पाए शेयर

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट, ३ लाख ५८ हजार बढिले पाए शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । शुक्रवार प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । 

कम्पनीको आईपीओ ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । आईपीओमा कुल १४ लाख ४४ हजार ९७८ जनाले आवेदन दिएकोमा ५१ हजार ८२५ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणमा साधारण शेयर निष्कासन गरेको थियो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।