संकटको घेरामा बैंकहरुः एनपीएल बढ्दै

संकटको घेरामा बैंकहरुः एनपीएल बढ्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय सिर्जना भईरहेको आर्थिक अवस्थाले नेपालका बैंक तथा वित्तीय संस्थाहरु संकटको घेरा भित्र परिरहेको देखाएको छ । हिजो बिहिवार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सार्वजनिक गरेको बैंकहरुको वित्तीय अवस्थाले यस्तो स्थिती देखाएको छ ।

उक्त विवरण अनुसार पछिल्लो समय बैंकहरुको निष्कृय कर्जा (एनपीएल) बढ्दो क्रममा रहेको देखाएको छ । २०७९ असार मसान्तसम्म १.२० प्रतिशत रहेको एनपीएल पुस मसान्तसम्म आउदा २.३५ प्रतिशत पुगेको छ । यसले मानिसहरु बैंकबाट लिएको कर्जा फिर्ता गर्न असक्षम भईरहेको देखाएको छ, यसको प्रमुख कारण बैंकहरुले लिईरहेको चर्को ब्याजदर भएको आँकलन गर्न सकिन्छ, जसले गर्दा बैंकहरु थप संकटतर्फ गईरहेको देखाएको छ ।

\"\"

बिहिवार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको विवरणले यस्तो देखाएको हो । यद्यपी, नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको धारणामा भने अहिलेको ब्याजदर धेरै नभएको जनाएका छन् । उनले भने, ‘अहिलेको ब्याजदर यसअघि कहिल्यै नभएको होइन, तर जब अवस्था निकै सहज हुँदै जान्छ ब्याजदर पनि घटेको छ ।’

‘हामी विगत दुई महिनादेखि ब्याजदर घटाउने प्रयासमा छौं । यो घट्दो क्रममा समेत छ’, केसीले स्पष्ट पारे, ‘हाम्रो आधारदरमै समेत वृद्धि भएकोले कर्जाको ब्याजदर बढिरहेको थियो । यो लागत घटाउन हामीहरू लागेका छौं ।’