बैंकिङ्ग समाचार, काठमाडौं ।
नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्रीको लागि आवेदन दिएपश्चात बैकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी सो शेयर विक्रीमा ल्याएको थियो ।
तर, सो शेयर खरिदका लागि विद्यमान संस्थापकबाट खरीद माग नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बैंकले उल्लेखित शेयर विक्रीमा ल्याएको हो । बिहीवार सुचना जारी गर्दै बैंकले संस्थापक समूहमै रहने उक्त शेयर खरीदका लागि अन्य व्यक्ति तथा संस्थाहरूले आगामी सातदिनभित्र आवेदन पेश गर्न भनेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले ७ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कार्यालय नबिल इन्भेष्टमेण्ड बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया