कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याब काठमाण्डौमा विशेष छुट पाउने

कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याब काठमाण्डौमा विशेष छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याब काठमाण्डौमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।

उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन-हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्स १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।