नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत १३ गते, सोमबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ५९१ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर ६५१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यका आधारमा यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।

एनएलजी इन्स्योरेन्सले चैत २० गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटारमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।