बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट पारित भएको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुस २५ गते सम्पन्न १४ औं वार्षिक साधारणसभाबाट पारित भएको १३ दशमलव ३० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो । कम्पनीले पुस ११ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको र त्यसपछि अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।
यस्तै, गुराँस लघुवित्तले पुस ३० गते सम्पन्न सातौं साधारणसभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो । कम्पनीका पुस १९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर पठाएको र सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमश: हितग्राही खातामा जम्मा हुने कम्पनीले जानकारी दिएको हो ।
साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
दुबै कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया