बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले अन्य बैंकसँग मर्ज हुन लागेको कुरा सत्य नभएको जानकारी गराएको छ । बैंकले शुक्रवार नेप्से समक्ष एक सूचना प्रकाशित गर्दै अन्य बैंक तथा वित्तीय संस्था बीच मर्जर सम्बन्धी फैलाइएको समाचार तर्फ ध्यानाकर्षण जनाएको हो ।
‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तिय संस्था बीचमा मर्जर एक्विजेशन सम्बन्धी फैलाइएको समाचार तर्फ यस बैंकको ध्यानआकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै पनि आधिकारिकता नरहेको व्यहोरा सम्पुर्ण सरोकारवालाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।
पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुमा मर्जरको लहर चलेसँगै सिद्धार्थ बैंक लिमिटेड पनि मर्जरमा जाने हल्लाले धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुले धमाधम शेयर बिक्री गरिरहेका छन् । यस बैंकको मर्जरमा जाने हल्लाले बिहीवार शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको थियो भने रू. ८ करोड ३५ लाख बराबरको शेयर करोबार भएको थियो ।
प्रतिक्रिया