बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डले मुलुकको अर्थतन्त्रमा सुधार देखिए पनि अझै संरचनागत, प्रणालीगत कमजोरी र नीतिगत त्रुटी सच्याउन बाँकी रहेको बताएका छन् । सोमबार संसदमा विश्वासको मत माग्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ’वाह्य कारण र आन्तरिक संरचनागत समस्याका कारण संकटग्रस्त अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई समाधान गर्न सरकारद्वारा चालिएका कदमबाट केही क्षेत्रमा सकारात्मक नतिजा देखा परेको छ, तर पनि अर्थतन्त्रका संरचनागत, प्रणालीगत कमजोरी र नीतिगत त्रुटी सच्याउनु छ ।’
संसदमा बोल्दै तरलता सङ्कुचन, विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगमन आदि क्षेत्रमा उत्साहजनक प्रगति भएको, ब्याजदर घटिरहेको र यसले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको पनि प्रचण्को भनाई छ ।
सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेटको पुनर्विन्यासको काम सुरु भइसकेको उनले बताएका छन् खर्च नियन्त्रणका लागि अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको छ । बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी निकासी प्रवद्र्धन तथा आयात व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा ल्याइएको छ ।
प्रतिक्रिया