कुमारी बैंकको ३८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ३८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ३८ हजार ६५० कित्ता संस्थापक शेयर चैत ६ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक सदस्यहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं वा बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा पुग्नेगरी पेश गर्नुपर्ने भनाई बैंकको छ ।

बैंकका संस्थापक शेयरधनीहरु तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ कित्ता र पेगी पाण्डेको ३३ हजार ३ सय ८३ हजार कित्ता गरी कुल ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।