बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतवार सिद्धार्थ बैंकको बोनस शेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत नस शेयर १२.५०% दरका कुल १ करोड ५६ लाख ५५ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
प्रतिक्रिया