काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ४ हजार ७०० रुपैयाँ र चाँदी १४५ रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ रूपैयाँ कायम भएको छ। गत शुक्रबार एक तोला…