सोमबार पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं– सोमबार पनि सुनको मूल्य घटेको छ। आइतबार एक हजार ३०० ले घटेको सुनको मूल्यमा आज ५ सय रुपैयाँले गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुन तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।…