काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ४८० निर्धारण भएको छ ।…