काठमाडौं – शुक्रबार तोलामा ३ हजार २ सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ३ हजार २ सय रुपैयाँ बढेर २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ४ सय ४० रुपैयाँ पुगेको छ।
गएको माघ १५ गते सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।






About Us
प्रतिक्रिया