काठमाडौं – नेपाली बजारमा यो साता सुनको मूल्यमा उतारचढाव देखियाे। साताको पहिलो दिन घटेको सुनको मूल्य मध्यसातदेखि लगातार बढ्दै साताको अन्तिम दिन शुक्रबार तोलामा २ हजार ९०० रुपैयाँले बढ्याे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार ४०० रुपैयाँले घटेर २ लाख ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे सुनको मूल्य मंगलबार स्थिर रहेको थियो।
बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको थियो। बिहीबार थप ५०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको थियो।
शुक्रबार भने सुनको मूल्य एकैदिन २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ पुग्याे। समग्रमा याे साता सुनकाे मूल्यमा ३ हजार ८०० रुपैयाँकाे वृद्धि देखिएकाे छ।






About Us
प्रतिक्रिया