काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।






About Us
प्रतिक्रिया