काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। आइतबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला चार हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।






About Us
प्रतिक्रिया