मंगलबार सुनको मूल्य स्थिर, चाँदी कतिले घट्यो ?


काठमाडौं– नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ भने चाँदी घटेको छ। सोमबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला चार हजार चार सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।