आज कतिमा हुँदैछ सुुनचाँदी कारोबार ?


काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर छ। बुधबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर छ।

बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।