काठमाडौं– नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्ययसदिन तोलामा दुई हजार आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।






About Us
प्रतिक्रिया