युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

बैंकिङ्ग समाचार, काठमाडौं । युनिक नेपाल लघुवित्तको सेयर रजिष्ट्रारको काम मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरेपछि मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । यससँगै अब युनिक नेपालको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।