खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बढ्यो आँधिखोला लघुवित्तको नाफा, ईपीएस कति ?

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बढ्यो आँधिखोला लघुवित्तको नाफा, ईपीएस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा रू. ३ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले यस वर्ष गत वर्षको भन्दा १९ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.४६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.९७ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १८.३१ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ७० पैसा बढेर ४६ रुपैयाँ ४४ पैसामा पुगेको छ ।

यस वर्ष सञ्चालन नाफा १८ दशमलव ३१ प्रतिशत बढी रू. ४ करोड ४७ लाख भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३६ दशमलव ९५ प्रतिशत बढेर रू. ९ करोड ५५ लाख कायम भएको छ । कम्पनीले यस वर्ष २३ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने २८ दशमलव ३९ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो ।

यस वर्ष कम्पनीले रू. ६९ करोड ४५ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने रू. १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो । निक्षेप संकलन भने गत वर्षभन्दा २३ दशमलव ७७ प्रतिशत बढी रू. ४५ करोड २० लाख भएको छ । गत वर्ष ४ दशमलव ३९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४६ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ५५ रहेको छ ।