नेप्सेमा नेपाल फाइनान्सको हकप्रद शेयरको शेयरमूल्य समायोजन

नेप्सेमा नेपाल फाइनान्सको हकप्रद शेयरको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार नेपाल फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ । 

नेप्सेले ७० प्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य रू. ३११ दशमलव १८ तोकेको छ । सोमवारको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ४५९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।  

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । साथै, सोमवार कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयरमूल्य प्रतिकित्ता रू. ४५९ मा झरेको छ । यहि शेयरमूल्यका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

बुक क्लोजको आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीलाई १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।