शिक्षक नियुक्तीमा चलखेल गर्ने प्रधानाध्यापक ४ लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लास्थित श्री जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई  घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारकाअनुसार विद्यालयमा शिक्षक आवश्यकताको विज्ञापन खुलेपछि एक सेवाग्राहीले दरखास्त दिएको थिए। सो प्रक्रियामा प्रधानाध्यापक संजय प्रसादले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत चार लाख पचास हजार घुस मागेको उजुरी प्राप्त भएपछि…