बैंकिङ्ग कसुर मुद्दामा ११ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका– ५ बस्ने ४७ वर्षीय राजेश कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका– ८ बाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेस गरिएको छ।