किर्ते सरकारी पत्र बनाएर प्रतिबन्धित  छोकडा आयात गर्न खोज्ने व्यवसायी अग्रवाल पक्राउ


काठमाडौं – नक्कली अनुमति पत्र बनाएर छोकडा आयात गर्ने व्यक्ति पक्राउ परेका छन्। प्रतिबन्धित छोकडा आयात गर्न अनुमति पत्र किर्ते गरेको अभियोगमा ५५ वर्षीय नवीन कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल सरकारले छोकडा आयातमा पूर्ण बन्देज लगाएको अवस्थामा समेत उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटर हेड, छाप र पूर्व महानिर्देशकको हस्ताक्षर प्रयोग गरी १ सय टन छोकडा (खजुर) आयातको किर्ते अनुमति पत्र तयार गरेको प्रहरीले जनाएको छ। उनी उक्त किर्ते अनुमति पत्र वीरगन्ज भन्सार कार्यालयमा पेस समेत पेस गरेका थिए।

अग्रवाललाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ लिखत सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति  लिई  वीरगन्ज– ११ आदर्श नगर, पर्साबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। साथै, उनीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।