रसुवा बाढी प्रभावित क्षेत्रमा सरकारको ९ करोड २५ लाख नगद राहत 

काठमाडौं- सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका लागि ९ करोड २५ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारले रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख तथा १५ वटा स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत प्रदान गरेको हो। प्राधिकरणका अनुसार…