काठमाडौं – कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै युरिया ४६–०–० खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ।
बोलपत्रअनुसार खरिद गरिने युरिया मल ३० हजार मेट्रिक टन रहेको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, वीरगन्ज र भैरहवास्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बिमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्नेछ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि ४ लाख रुपैयाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत २० हजार अमेरिकी डलर बराबरको हुनुपर्नेछ।
बोलपत्रसम्बन्धी पूर्वबोलपत्र बैठक अक्टोबर १६,२०२६ मा दिउँसो २ बजे कम्पनीको कुलेश्वरस्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर २६, २०२६ को दिउँसो १ बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिने कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया