काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै आयोगले परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन् । आयोगले परियारसहित, रवीनमान श्रेष्ठ, शिवराज अधिकारी,…