ह्याप्पी इनर्जीद्वारा दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग

काठमाडौं - ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेको हो। शुक्रबार ह्याप्पी इनर्जीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्। सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन…