काठमाडौं – गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि निरन्तर खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१ त्रिशुली बजारस्थित स्थानीय अनुज जोशीको घरबाट सुन, चाँदी र नगद फेला पारेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म नुवाकोटबाट खटिएको टोलीले बाढीमा पुरिएको घरबाट अन्दाजी १५ तोला सुन, ६ तोला चाँदी र नगद चार लाख रुपैयाँ फेला पारेको हो।
असोज १२ गते सशस्त्र प्रहरी निरीक्षक केदार खत्रीको कमाण्डमा खटिएको खोज तथा उद्धार टोलीले घरको भग्नावशेष खन्दा फेला पारेको उक्त नगद, सुन तथा चाँदी सम्बन्धित घरधनी अनुज जोशीलाई स्थानीय रोहवरमा हस्तान्तर गरिएको हो।
बाढीका कारण भौतिक संरचना तथा सम्पत्तिमा ठुलो क्षति पुगेपछि सशस्त्र प्रहरी बल, नेपालले सो क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण र नागरिकको जीउधन सुरक्षाका लागि निरन्तर खटिइँदै आइरहेको छ।






About Us
प्रतिक्रिया