राजस्व संकलन:

भन्सार विभागद्वारा १ खर्ब रूपैयाँभन्दा बढी राजस्व संकलन

५ खर्ब २७ अर्ब उठाउन बाँकी


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को असाेज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागका अनुसार चालु आवको असाेज ६ गतेसम्ममा १ खर्ब २ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले भन्सार विभागलाई कुल ६ खर्ब २८ अर्ब रूपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य तोकेको छ।

तथ्याङ्कअनुसार अब चालु आर्थिक वर्षको बाँकी अवधिमा असुल गर्नुपर्ने राजस्व ५ खर्ब २७ अर्ब रूपैयाँ रहेको छ। विषम परिस्थितिमा पनि उल्लेख्य प्रगतिउत्तरी नाकातर्फ नेपाल–चीन व्यापारको मुख्य केन्द्र मानिएको तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा आउन सकेको छैन।