काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा नेपालको अर्थतन्त्रमा रेमिट्यान्स पछिको दोस्रो ठूलो खम्बा बन्ने सम्भावना बोकेको सूचना प्रविधि (आईटी) क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने बताएको छ। हाल करिब १.५ अर्ब अमेरिकी डलर बराबरको निर्यात गरिरहेको यस क्षेत्रलाई आगामी १० वर्षभित्र ३० अर्ब डलरमा पुर्याउने बताएकाे हो।…